यूके भेरियन्ट पहिलेकोभन्दा बढी आक्रामक र सहजै संक्रमण गर्न सक्ने खालको भएको कारण पनि अहिले बालबालिका र युवाहरुमा जो भीडभाड र समुहमा बढी बस्छन् । उनीहरुमा बढी देखिएको चिकित्सकहरुले बताएका छन् ।
बालबालिकामा कोरोना संक्रमणको पछिल्लो अवस्था
तथ्याङ्क हेर्दा बालबालिकामा संक्रमण डरलाग्दो गरी बढिरहेको देखिन्छ । बिद्यालय पठाएका बालबालिका संक्रमित हुनेक्रम बढ्दै गएपछि अभिभावकहरु चिन्तित देखिएका छन् ।
संक्रमण भएका बालबालिकाको जिन सिक्युसिङ्ग परीक्षण गर्दा अधिकासमा यूके भेरियन्ट भनिने नयाँ स्वरुपको भाइरस पुष्टि भएको छ । यो पटक १८ वर्ष मुनिका बालबालिका र ४० वर्ष मुनिका युवाहरुले बढी सावधानी अपनाउन बिज्ञको सुझाब छ ।
बालबालिकालाई कोरोना संक्रमणबाट बचाउन मास्क लगाइदिने, सरसफाईमा ध्यान दिन र भीडभाडमा नपठाउन विज्ञको सुझाव छ । नेपालमा हालसम्म २१ हजार ३ सय २९ जना १८ वर्षमुनिका बालबालिका कोरोना संक्रमित भएका छन् ।
न्युज २४ बाट साभार