एजेन्सी । लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ । बुधबार राति भएको खेलमा लिभरपुल स्पेनिस क्लब रियल मड्रिडसँग गोलरहित बराबरी खेले पनि सम्रग गोलका आधारमा पराजित भएको हो ।
लिभरपुल रियलसँग समग्रमा ३ - १ गोलले पराजित हुँदै च्यम्पियन्स लिगबाट बाहिरियो । रियलले घरेलु मैदानमा पहिलो लेगमा निकालेको ३ - १ गोलको जितले सेमिफाइनलमा पुग्न सहयोग पुग्यो ।
एनफिल्डमा भएको दोस्रो लेगमा दुबै टोलिले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । यससँगै रियल भने ३० औं पटक च्याम्पियन्स लिग र युरोपियन कपको सेमिफाइनलमा पुग्न सफल भएको छ । अब रियलले सेमिफाइनलमा अर्को खेल चेल्सीसँग खेल्नेछ ।