Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

च्याम्पियन्स लिग : अवे गोलको आधारमा पराजित गर्दै पीएसजी सेमिफाइनलमा

च्याम्पियन्स लिग : अवे गोलको आधारमा पराजित गर्दै पीएसजी सेमिफाइनलमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २, २०७८ बिहिवार • १०:५०:५२ बजे
  • 1.5K
    SHARES
  • च्याम्पियन्स लिग : अवे गोलको आधारमा पराजित गर्दै पीएसजी सेमिफाइनलमा

    एजेन्सी । साविक विजेता बार्यन म्युनिखलाई अवे गोलको आधारमा पराजित गर्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    images

    मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बार्यन म्युनिखसँग १-० ले पराजित भए पनि समग्रमा नतिजा ३-३ को बराबरी हुँदा पीएसजी अवे गोलको आधारमा अघि रहेको हो ।

    पीएसजीले पहिलो लेगमा बायर्नलाई ३-२ ले हराएको थियो । दोस्रो लेगमा पीएसजीको मैदानमा बायर्नलाई जित दिलाउन एरिक म्याक्सिम चौपो मोटीङले गोल गरे ।

    ४०औं मिनेटमा मोटिङले गोल गर्दै बायर्नलाई १-० ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा डिफेन्डिङ च्याम्पियन बायर्न क्वाटरफाइनलबाट बाहिरिदा साविक उपविजेता पीएसजीले अन्तिम चारको यात्रा तय गर्न सफल भयो ।

  • सम्बन्धित विषय:

  • # च्याम्पियन्स लिग
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology