पोखरामा विहिवार थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ५ मा वर्ष ४९ का १ जना पुरुष, वडा न ६ मा वर्ष ६८ का १ जना पुरुष, वडा न ७ मा वर्ष २४ का १ जना पुरुष, वडा न ११ मा वर्ष ५२ का १ जना महिला, वडा न १४ मा वर्ष ३५ का १ जना महिला तथा वडा न १७ मा वर्ष २५ का १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यसै गरी वडा न २५ मा ३ जना २८ र ६९ वर्षीय २ जना महिलासहित ४ वर्षीय १ जना बालकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यस्तै तनहुँमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको घिरिङ ६ का ६८ वर्षीय पुरुष हुन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ९ सय ७६ पुगेको छ ।
