कुवेतमा कार्यरत नेपालिहरुलाई कोरोना सङ्क्रमबाट सचेत रहन नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले अनुरोध गरेको छ । कुवेतमा पछिल्लो समय कोरोनाकोसंक्रमण दिनानुदिन बढिरहेको छ ।
कुवेतमा कार्यरत नेपालिहरुमा पनि कोरोना भाईरसको सङ्क्रम अत्याधिक मात्रमा फैलिएको जानकारी प्राप्त भएकोले सतर्कता अपनाउन पनि अनुरोध गरेको छ । कुवेतमा अत्याधिक मात्रमा फैलिरहेको कोरोना सङ्क्रमण नियन्त्रणकै लागि सरकारले कर्फ्यू आदेश जारी, रेस्टुरेन्ट, सार्वजनिक स्थलमा भीडभाड, पसल तथा शपिङ मलहरुमा सुरक्षाको हिसाबले कडाइ गरिरहेको छ । केही दिनअगाडी मात्र कोरोना भाईरस (कोभिड-१९) का कारण दुई जना नेपालीहरुले ज्यान गुमाएका छन ।
कुबेत सरकारले निर्देशन गरेको मापदण्डलाई पुर्णरुपमा पालना गर्दै सचेत रहन र आफ्नो स्वास्थ्यको ख्याल गर्न पनि अनुरोध गरेको छ । साथै अहिले मौसम परिवर्तनको समय भए पनि अस्वस्थ महसुस भएमा तुरुन्त अस्पताल गएर स्वास्थ्य परिक्षण गर्ने र मौसम परिवर्तनको समय हो भनेर बिरामि हुदा पनि यसलाई सामान्य रुपमा लिदा स्वास्थ्यमा ठुलो समस्या आउन सक्ने छ । कतिपयले सामान्यरुपमा लिएर हेलचेक्य्राइँ गरेको कारण केही नेपालिहरु निक्कै गम्भीर स्थितिमा पुगेको जनाएको छ । सभा समारोह, भीडभाड, जमघट नगरी सबै जना आ-आफ्नो स्थानमा सुरक्षित साथ रहनुहुन समेत पत्रकार महासंघ वैदेशिक, कुवेतले अनुरोध गरेको छ ।
