Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा ६० जना जनासहित गण्डकीमा थप ८१ जनामा कोरोना पुष्टि

पोखरामा ६० जना जनासहित गण्डकीमा थप ८१ जनामा कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ५, २०७८ आइतवार • २२:४६:३८ बजे
  • 1.1K
    SHARES
  • पोखरामा ६० जना जनासहित गण्डकीमा थप ८१ जनामा कोरोना पुष्टि

    पोखरा - आइतबार पोखरामा ६० जना र माछापुुच्छ्रे गाँउपालिकाका १ जनासहित गण्डकी प्रदेशमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसै गरी तनहुँका २ जना, स्याङ्जाका ५ जना, पर्वतका २ जना, नवलपुरका १ जना र बागलुङका १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    images

    संक्रमण पुष्टि हुनेहरुमा कास्कीको पोखरा महानगरपालिकाको वडा नं १ का १ महिला, २ का १ जना महिला र १ जना पुरुष,३ मा २ जना महिला र १ जना पुरुष, ४ मा १ जना महिला र १ जना पुरुष, ५ मा ३ जना महिला र २ जना पुरुष, ६ मा १ जना महिला र ३ जना पुरुष, ७ मा १ जना पुरुष, ८ की १ जना महिला र ३ जना पुरुष तथा वडा नं ९ मा २ जना महिला र २ जना पुरुष रहेको निर्देशनालयका निर्देशक डा ।विनोद विन्दु शर्माले जानकारी दिए ।

    त्यसैगरी पोखराको वडा नं १० मा १ जना महिला र १ जना पुरुष, वडा नं ११ मा १ जना महिला र २ जना पुरुष, वडा न १२ मा २ जना महिला र ३ जना पुरुष, वडा नं १४ मा २ जना महिला र २ जना पुरुष, वडा नं १५ मा २ जना महिला र १ जना पुरुष, वडा नं १६ मा १ जना महिला र १ जना पुरुष, वडा न‌ १७ मा ५ जना पुरुष, वडा नं २५ मा ३ जना महिला, वडा नं २६ मा १ जना महिला, वडा नं २७ मा १ जना महिला र १ जना पुरुष, वडा नं २८ मा १ जना पुरुष, वडा नं २९ मा १ जना पुरुष, वडा नं ३३ मा २ जना पुरुष तथा कास्कीको माछापुुच्छ्रे गाँउपालिकाको वडा नं ४ मा १ जना महिलामा संक्रमण देखिएको डा । शर्माले बताए ।

    त्यसैगरी तनहुँको व्यास नगरपालिका वडा नं १ मा १ जनामा महिला र १ जना पुरुष, स्याङ्जाको वालिङ नगरपालिका वडा नं ५ मा १ जना महिला र ४ जना पुरुष, पर्वतको कुश्मा नगरपालिकाको वडा नं २ मा १ जना महिला, वडा नं ९ मा १ जना पुरुष, नवलपुरको कावासोती नगरपालिकाको वडा नं १६ मा १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं ३ मा १ जना महिला, वडा नं ५ मा १ जना पुरुष, वडा नं १४ मा ३ जना महिला र ४ जना पुरुष तथा बडिगाड गाँउपालिकाको वडा नं ५ मा १ जना महिलामा संक्रमण देखिएको छ ।

    आइतबार ८१ जना थप भएपछि प्रदेशमा संक्रमितको संख्या १७ हजार १६५ पुगेको छ । पछिल्लो २४ घन्टामा २९ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या १६ हजार चार सय ४४ पुगेको छ । प्रदेशमा कोरोनाका कारण हालसम्म २०७ जनाले ज्यान गुमाएका छन् ।

    1.jpg

    2.jpg3.jpg4.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology