Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नक्कली प्रमाणपत्र पेश गरेर डाक्टर बनेका सात जना पक्राउ

नक्कली प्रमाणपत्र पेश गरेर डाक्टर बनेका सात जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ६, २०७८ सोमवार • १६:१०:१४ बजे
  • 1.4K
    SHARES
  • नक्कली प्रमाणपत्र पेश गरेर डाक्टर बनेका सात जना पक्राउ

    पोखरा - कीर्ते गरेर डाक्टर बनेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ७ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका उनीहरुलाई सोमबार ब्यूरोले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

    images

    पक्राउ पर्नेमा सप्तरी विष्णुपुरका २८ वर्षीय मोहमद सिद्दिकी, महोत्तरी सरपल्लो-६ का २९ वर्षीय सुभाष प्रसाद शाह, धनुषा सबैलाका-५ का २८ वर्षीय मोहम्मद शाहिद राजा, मनाङका ३१ वर्षीय दिपेन्द्र गौतम, सप्तरी सकरपुरा-१ का ३१ वर्षीय अखिलेशकुमार देव, महोत्तरीका २७ वर्षीय पल्लवी सिंह र ललितपुरका फराज हुसेन रहेको ब्यूरोकी प्रवक्ता एसपी गंगा पन्तले बताइन् ।

    पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्,बंगलादेशको एमबीबीएस अध्ययन गर्नका लागि काउन्सिलबाट योग्यताको प्रमाण पत्र लिएका मो सिद्दीकी लगायतका विद्यार्थीहरुले पेश गरेको एसएलसीको प्रमाण पत्र नक्कली रहेको देखाएको छ । सबैको एसएलसीको सर्टिफिकेट राष्ट्रिय परीक्षा बोर्डमा जाँच गराउँदा किर्ते गरेको पाइयो ।

    प्रहरीका अनुसार मो सिद्दीकी, सुभाष प्रसाद शाह, मोहम्मद शाहिद राजा र दिपेन्द्र गौतमले विभिन्न अस्पतालमा समेत काम गरिसकेका छन् ।

    यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली सर्टिफिकेट बनाएको भन्दै अनुसन्धान थालेको थियो ।

    ;

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology