काठमाडौं - कोरोनाको नक्कली पीसिआर रिपोर्ट बनाएको आरोपका प्रहरी ४ जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले नक्कली पीसिआर रिपोर्ट बनाउन संलग्न सिनामंगलस्थित सुरिया हेल्थ केयरका सञ्चालक खेलानन्दप्रसाद सिंह सहित ३ जना कर्मचारी र त्यसमा संलग्न अर्का एक जनालाई पक्राउ गरेको हो ।
नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको सुराकका आधारमा सो हेल्थ केयरमा छापा मार्दा ४ जनालाई पक्राउ गरिएको महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए ।
महानगरीय अपराध महाशाखाबाट एसपी कृष्ण पंगेनीको नेतृत्वमा प्रहरी टोलीले सिंहको ल्याबमा छापा मारेको थियो ।खापुङका अनुसार वैदेशिक रोजगारीमा जानेलाई प्रति रिपोर्ट ९ हजारसम्म लिएर डेढ घण्टादेखि २ घण्टाबीचमा नक्कली रिपोर्ट तयार पर्ने गरेको पनि खुलेको छ ।
पीसीआर परीक्षण गर्न सरकारले २ हजार अधिकतम मूल्य तोकेको छ । तर, उक्त ल्याबले तोकिएको मूल्य भन्दा अधिक रकम समेत असुल्ने गरेको खुलेको हो । स्वाब संकलन नै नगरी २ घण्टाभित्र नेगेटिभ रिपोर्ट उल्लेख गरेर सुरिया ल्याबले पीसीआर रिपोर्ट तयार गर्ने गरेको पाइयो, ४ वटा त्यस्ता रिपोर्ट फेला पर्यो, त्यसपछि ल्याबमा छापा मारेर सञ्चालकलाई नियन्त्रणमा लिइएको छ । त्यसबारे थप अनुसन्धान भइरहेको पनि खापुङले बताए ।