Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कडाउन घोषणा

संक्रमण बढ्न थालेपछि बाँकेमा लकडाउन घोषणा

संक्रमण बढ्न थालेपछि बाँकेमा लकडाउन घोषणा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ८, २०७८ बुधवार • १२:२४:५६ बजे
  • 1.0K
    SHARES
  • संक्रमण बढ्न थालेपछि बाँकेमा लकडाउन घोषणा

    नेपालगञ्ज।कोरोना भाइरस संक्रमण बढ्न थालेपछि नेपालगञ्ज उपमहानगर क्षेत्रमा १ साताको लकडाउन घोषणा गरिएको छ ।

    images

    जिल्ला कोभिड संकट व्यवस्थापन समितिले बाँके जिल्लामा लकडाउनको सिफारिस गरेपनि जिल्ला प्रशासन कार्यालयले भने नेपालगन्ज उपमहानगर क्षेत्रमा मात्र लागुहुने गरि १ साताका लागि लकडाउनको घोषणा गरेको हो ।

    आज राति १२ बजेबाट वैशाख १५ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकार शिवराम गेलालद्वारा जारी आदेशमा जनाइएको छ ।

    उपमहानगर क्षेत्रमा मात्र ३७५ बढी सक्रिय संक्रमित रहेको, अस्पतालहरूका कोभिड वार्डहरु सबै भरिभराउ भएको, नयाँ थपिने क्रम नरोकिएको भन्दै कोरोनाको संक्रमण रोक्नका लागि लकडाउन गरिएको आदेशमा उल्लेख छ ।

    अत्यावश्यक कामबाहेकका हिंडडुलमा समेत प्रतिबन्ध लगाइएको र निषेध गरिएका कार्य गर्नेलाई संक्रामक ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही हुने बताइएको छ ।

    bakeeee.jpg

  • सम्बन्धित विषय:

  • # लकडाउन
  • # लकडाउन घोषणा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology