Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

पोखरामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ८, २०७८ बुधवार • १८:०३:३० बजे
  • 2.3K
    SHARES
  • पोखरामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

    कोरोना संक्रमणका कारण पोखराका दुई जनाको मृत्यु पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका वडा नं -२९ की ५४ वर्षीया महिला र पोखरा -३३ का ८४ वर्षीय संक्रमित पुरुषको मृत्यु पुष्टि भएको हो ।

    images

    शर्माका अनुसार गत वैशाख ५ गते कोरोना पोजेटिभ देखिएर उपचारका लागि अस्पताल भर्ना भएकी पोखरा -२९ कि ५४ वर्षीया महिलालाई उपचारका लागि चरक मेमोरियल अस्पताल भर्ना गरिएकोमा उपचारकै क्रममा उनको बुधबार मृत्यु भएको हो ।

    यस्तै गत वैशाख ५ गते नै कोरोना पोजेटिभ भएर उपचारका लागि संक्रामक रोग तथा सरुवा रोग अस्पताल भर्ना भएका पोखरा -३३ का ८४ वर्षीय वृद्धको बुधबार मृत्यु पुष्टि भएको अस्पतालले जनाएको छ ।

    आज मृत्यु पुष्टि भएका दुई जना संगै पोखरामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११८ पुगेको छ भने, गण्डकीमा यो संख्या २११ पुगेको निर्देशनालयले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology