Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रेसकुकर बम सेनाको टोलीद्वारा निष्क्रिय

धनगढीका तीन स्थानमा राखेका प्रेसकुकर बम सेनाको टोलीद्वारा निष्क्रिय

धनगढीका तीन स्थानमा राखेका प्रेसकुकर बम सेनाको टोलीद्वारा निष्क्रिय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ६, २०७७ मंगलवार • १०:५३:२६ बजे
  • 1.5K
    SHARES
  • धनगढीका तीन स्थानमा राखेका प्रेसकुकर बम सेनाको टोलीद्वारा निष्क्रिय

    अज्ञात समूहले धनगढीका तीन स्थानमा राखेका प्रेसकुकर बम नेपाली सेनाको टोलीले आज निस्क्रिय पारेको छ ।सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय नजिक बाटोमा, भौतिक पूर्वाधार विकास मन्त्रालय नजिक मुख्य बाटोमा र एलएनचोक नजिकै रहेको गल्लीमा राखिएका बम सेनाको टोलीले निस्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

    images

    प्रेसर कुकर बाहिरबाट टेपले बाँधिएको, तार बाहिर निकालेको अवस्थामा बम भेटिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए । त्यस्तै लम्किचुहा नगरपालिका कार्यालय नजिकै बाटोमा शङ्कास्पद वस्तु भेटिएको र नेपाली सेनाको टोलीसँग समन्वय भई सेनाको टोली निस्क्रिय गर्न त्यसतर्फ गइरहेको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # बम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology