Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा ७९ सहित गण्डकीमा थप १४३ जनामा कोरोना पुष्टि

पोखरामा ७९ सहित गण्डकीमा थप १४३ जनामा कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ९, २०७८ बिहिवार • १०:२०:१२ बजे
  • 733
    SHARES
  • पोखरामा ७९ सहित गण्डकीमा थप १४३ जनामा कोरोना पुष्टि

    कास्कीका ७९ सहित गण्डकीमा थप १४३ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ३५३ जनाको नमुना परीक्षण गर्दा ७९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

    images

    आज कास्कीमा कोरोना पुष्टि हुनेहरु मध्ये अन्नपूर्ण गाउँपालिकाका १ जना छन् भने, अन्य सबै ७८ संक्रमित पोखरा महानगरपालिकाका विभिन्न वडाका छन् ।

    आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १७ हजार ४०६ पुगेको छ ।जसमा सक्रिय संक्रमित ६६४ छन् ।

    पछिल्लो २४ घण्टामा गण्डकीबाट ३९ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।

    कोरोना संक्रमणकै कारण गण्डकीमा बुधबार थप दुई जनाको मृत्यु पुष्टि भएको छ । आज पुष्टि भएका दुई मृतकसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २११ पुगेको निर्देशनालयले जनाएको छ ।

    1.jpg

    2.jpg3.jpg

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology