Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विहिबार म्याग्दीमा ११ जना सहित गण्डकी प्रदेशमा थप ८२ जनामा कोरोना पुष्टि

विहिबार म्याग्दीमा ११ जना सहित गण्डकी प्रदेशमा थप ८२ जनामा कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ९, २०७८ बिहिवार • १८:१३:१२ बजे
  • 1.4K
    SHARES
  • विहिबार  म्याग्दीमा ११ जना सहित गण्डकी प्रदेशमा थप ८२ जनामा कोरोना पुष्टि

    म्याग्दी - म्याग्दीमा ११ जना सहित गण्डकी प्रदेशमा विहिबार थप ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ सय ३२ जनाको नमूना परिक्षण गर्दा थप ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    images

    यस्तै कास्कीको पोखरा महानगरपालिकामा थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने नवलपरासी पूवका ५ जना, स्याङजाका चार जना , पर्वत र तनहुँका तीन, तीन जना र लमजुङका एक जना रहेकाछन् ।

    योसँगै प्रदेशभर कोरोना संक्रमितको कुल संख्या १७ हजार ४ सय ८८ पुगेको छ । त्यस्तै विहिवार गण्डकी प्रदेशमा २७ जना कोरोना भाइरस संक्रमण मुक्त भएकाछन् ।

    हालसम्म प्रदेशभर १६ हजार ५ सय ५८ जनाले कोरोना भाइरस संक्रमण जितेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । हाल प्रदेशभर ७ सय १९ जना कोरोनाका सक्रिय केस छन् । हालसम्म यहाँ कोरोनाका कारण २ सय ११ जनाको ज्यान गइसकेको छ ।

    3.jpg

    2.jpg2.1.jpg1.jpg

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण पुष्टि
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology