Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा ६४ सहित गण्डकी प्रदेशमा थप ८६ जनामा कोरोना पुष्टि

पोखरामा ६४ सहित गण्डकी प्रदेशमा थप ८६ जनामा कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १०, २०७८ शुक्रवार • १८:१६:१५ बजे
  • 1.4K
    SHARES
  • पोखरामा ६४ सहित गण्डकी प्रदेशमा थप ८६ जनामा कोरोना पुष्टि

    पोखरा । पोखरा महानगरपालिकामा ६४ सहित गण्डकी प्रदेशमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरास्थित विभिन्न प्रयोगशालामा ३६१ जनाको नमुना परीक्षण गर्दा पोखरा महानगरपालिकामा ६४ सहित प्रदेशमा ८६ जनमा संक्रमण देखिएको हो ।

    images

    प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदबिन्दु शर्माले गण्डकीका ७ जिल्लाका ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।

    उनका अनुसार कास्कीमा २०८ जनाको नमुना परीक्षण गर्दा पोखरा महानगरपालिकाका ६४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कास्कीमा संक्रमितको संख्या ९ हजार २७ पुगेको छ ।

    यस्तै तनहुँका २४ जनाको परीक्षणमा ६ जना, गोरखाका २० जनाको परीक्षणमा ५ जना, स्याङजाका २४ जनाको परीक्षणमा ४ जना, पर्वतका २९ जनाको परीक्षणमा २ जना, बाग्लुङका ३१ जनाको परीक्षणमा ३ जना र म्याग्दी जिल्लामा २५ जनाको परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको छ ।

    गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय ७४ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या ७७३ रहेको छ ।

    पछिल्लो २४ घण्टामा गण्डकीबाट ३२ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ५ सय ९० पुगेको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशमा २११ जनाको मृत्यु भएको छ ।

    1.jpg

    2.jpg

     

     

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology