Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आइतवार पोखरामा १०७ सहित कास्की भर ११५ जनामा कोरोना पुष्टि,कुन वडामा कति हेर्नुस...

आइतवार पोखरामा १०७ सहित कास्की भर ११५ जनामा कोरोना पुष्टि,कुन वडामा कति हेर्नुस...

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १२, २०७८ आइतवार • १८:४९:१२ बजे
  • 2.7K
    SHARES
  • आइतवार पोखरामा १०७ सहित कास्की भर ११५ जनामा कोरोना पुष्टि,कुन वडामा कति हेर्नुस...

    कास्की - कास्कीका आज आइतवार मात्र ११४ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज कास्कीका ३०१ जनाको नमुना परीक्षण गर्दा थप ११४ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

    images

    आज कास्कीमा पुष्टि भएका संक्रमितहरु मादी गाउँपालिका वडा नं -४ का २२ वर्षीया महिला र अन्नपूर्ण गाउँपालिकाका वडा नखुलेका तीन जना महिला र चार जना पुरुष रहेका छन् भने, अन्य सबै संक्रमित पोखरा महानगरपालिकाका विभिन्न वडाका महिला पुरुषहरु हुन् ।

    आज पुष्टि भएकासंगै कास्कीमा कोरोना संक्रमितको जम्मा संख्या ९ हजार १४१ पुगेको छ ।

    तनहुँका २५ जनाको परीक्षण गर्दा १० जनामा कोरोना पोजेटिभ देखिएको छ। पोजेटिभ देखिएका संक्रमित भानु नगरपालिका, भिमाद नगरपालिका, रीसिंङ्ग गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र व्यास नगरपालिकाका छन् ।

     यता नवलपुरका २९ जनाको परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै स्याङ्गजाका २३ जनाको परीक्षणमा ३ जना, पर्वतका ६ जनाको परीक्षणमा १ जना, बाग्लुङ्गका २२३ जनाको परीक्षणमा २२ जना र म्याग्दी जिल्लाका १७ जनाको परीक्षणमा ६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

    निर्देशनालयको विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीमा कोरोना पुष्टि हुनेको संख्या १६३ पुगेको छ । यो संगै, आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १७ हजार ७ सय ३७ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा गण्डकीबाट ५६ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ६ सय ४६ पुगेको छ भने, संक्रमणकै कारण अहिलेसम्म गण्डकीमा २११ जनाले ज्यान गुमाइसकेका छन् ।

    2.jpg

    2.1.jpg

    3.jpg3.1.jpg

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण पुष्टि
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology