Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

२४ घण्टामा कोरोना संक्रमणबाट नेपालमा २८ जनाको मृत्यु

२४ घण्टामा कोरोना संक्रमणबाट नेपालमा २८ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १२, २०७८ आइतवार • १९:२२:५३ बजे
  • 859
    SHARES
  • २४ घण्टामा कोरोना संक्रमणबाट नेपालमा २८ जनाको मृत्यु

    पोखरा - पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नेपालमा २८ जनाको मृत्यु भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    images

    ९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट गरिएको परीक्षणमा ३ हजार ३२ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    यसैगरी भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा १ हजार १३२ गरी १ हजार ४९८ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर २५२ जना आईसीयू र भेन्टिलेटमा ६५ जना रहेका छन् । मन्त्रालयका अनुसार देशभर कोरोनामुक्त हुने दर ९२।५ प्रतिशत रहेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology