Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

२४ घण्टामा नेपालमा थप ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

२४ घण्टामा नेपालमा थप ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १२, २०७८ आइतवार • १९:२६:५२ बजे
  • 604
    SHARES
  • २४ घण्टामा नेपालमा थप ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

    पोखरा -पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

    images

    उनका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा ३ हजार ३२ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको हो।

    यसैगरी भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा १ हजार १३२ गरी १ हजार ४९८ जनामा संक्रमण पुष्टि भएको छ ।

    मन्त्रालयका अनुसार हाल देशभर २५२ जना आईसीयू र भेन्टिलेटमा ६५ जना रहेका छन् । मन्त्रालयका अनुसार देशभर कोरोनामुक्त हुने दर ९२।५ प्रतिशत रहेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology