सुर्खेत - जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति सुर्खेतले जिल्लाभरी निषेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गरेको छ। सिफारिस अनुसार सुरक्षा समितिले सुर्खेतमा वैशाख १४ गतेदेखि एक साताका लागि निषेधाज्ञा गर्न लागिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।
कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतमा कोभिडका बिरामी बढ्दै जान थालेपछि निषेधाज्ञा जारी गर्न लागिएको उनले बताए। प्रजिअ रिजालका अनुसार निषेधाज्ञा जिल्लाभर लागू गरिनेछ।
अस्पतालहरुले धान्नै नसक्नेगरी बिरामी बढेका छन्, प्रदेश अस्पतालमा त अक्सिजनसमेत अभाव भईसकेको छ, प्रजिअ रिजालले भने, यस कारण निषेधाज्ञा गर्ने हो। त्यो बीचमा हामीले अक्सिजन प्लान्ट बनाउने, बेडहरु थप्ने लगायतका तयारी गर्छौं। त्यसले हामीलाई केही सजिलो होला।