सर्बप्रथम मेरो लाल अभिबादन समग्र जन्ता प्रती अनि हाम्रो पार्टी माओबादको तर्फबाट पनि क्रान्तिकारी अभिबादन अनि जन सहिदको सपना पूरा हौन । मेरा मनको भावना अहिलेको समय सापेक्ष सम्पुर्ण जनमासमा टक्र्याउन र केही सल्लाह सुझाब माग्न केही शब्द लेख्न मन लागेको छ ।
हिजोको दिन अर्थात २०५२ सालदेखीशसक्त आन्दोलनमा उत्पिडित बर्ग,जाती लिङ्ग र सर्बहारा बर्गको मुक्तिको लागि एउटा लडाइको मोर्चा बनाएर सरकार बिरुद्द भयङ्कर खडयन्त्रपुर्बक अगाडि बढी देशमा रहेका नोकरसाही,पुजिबाद दलाल,भुमाफिया र अधिनायकवादको बिरुद्द कुनै पनि जिउ धनको प्रभाव नै नगरी कैयौ साथीहरु सहादत हुनु भयो । उहाको बैचारिक समाजबादको भिजन पूरा होस भनी लाल अभिबादन गर्दछु।
हाम्रो निरन्तर आन्दोलनको बाबजुद देशले र जन्ताले ठाडो शिर गर्ने र आफ्ना बिचार रायसल्लाह राख्ने माहोल बन्यो र एउटा नयाँ जनबादीको स्थापनाको शुरुवाती चरणको आभास जनमास ल्याइयो र यो मात्र हाम्रो मिसन पूरा भयो भन्नू अर्थात अब हामी पनि उहीँ पुरानै राज्यसत्ताको पिछा गर्दै पुजिबाद,दलाल ब्यक्तिबादी र धनसम्पतिको प्रलोभनमा लाग्यौ भने सहिदका सपनाले सराप्ने छ्न।त्यसकारण देशमा भएका भ्रष्टचार,बिकृती,बिसङ्गती पुजिबाद दलालको युद्द जारी राखौ नत्र भने देशले काचुली फेर्न सम्भब छैन ।
हरेक नागरिक एकजुट भएर सङ्घिय राज्य प्रणालिको सुरक्षा गर्दै देशको पत्येक कुनामा बिकास र सम्बृदिको मुल फुटाउ अनि मात्र देशमा बैज्ञानिक समाजवाद आउन सम्भव छ। जसमा जनताले गाँस,बाँस,कपास,स्वास्थ र शिक्षाको कमिको अनुभूति नगरुन। देशमा प्राप्त सम्पती आर्जन गर्न सजिलै सकुन,यो नै हिजो मोर्चा बन्दिको लडाइ हो । यो होइन कि कुनै व्यक्ति आजिबन राजनितिमा जीवन बेतित गरोस ।
देशमा दक्ष जनसक्तिको नेर्तित्वले देश हाकोस र देश नेपालको नाम विश्वसामु उच्च स्थानमा राखोस भन्दै हामी एकजुट हौ एक भएर अगाडि बढौ।अनेकतामा एकताको मालामा गासिएर जाती,लिङ्ग,बर्गको विभेद नगरी एक हुनु अहिलेको आवश्यकता हो ।
जय माओबाद जय नेपाल जय नेपाली