Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मेडिप्लस अस्पताल पोखरामा तनहुँका ८३ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु

मेडिप्लस अस्पताल पोखरामा तनहुँका ८३ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १४, २०७८ मंगलवार • १५:०९:२९ बजे
  • 1.9K
    SHARES
  • मेडिप्लस अस्पताल पोखरामा  तनहुँका ८३ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु

    पोखरा - गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा तनहुँ र गोरखाका रहेका छन ।

    images

    गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिका ९ का ८३ वर्षीय वृद्धको सोमबार राति मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।

    ती पुरुषमा वैशाख ८ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

    यसैगरी गोरखाको पालुङटार नगरपालिका ५ की ६७ वर्षीया महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको मंगलबार उपचारको क्रममा मृत्यु भएको हो । ती महिलामा सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१७ पुगेको निर्देशनालयले जनाएको छ ।

    Gandaki-Bigyapti.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology