Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अक्सिजनयुक्त बेड नपाउँदा

अक्सिजनयुक्त बेड नपाउँदा फिभर क्लिनिकमै वडा अध्यक्षका कोरोना संक्रमित श्रीमतीको मृत्यु

अक्सिजनयुक्त बेड नपाउँदा फिभर क्लिनिकमै वडा अध्यक्षका कोरोना संक्रमित श्रीमतीको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १५, २०७८ बुधवार • ०९:२९:३९ बजे
  • 796
    SHARES
  • अक्सिजनयुक्त बेड नपाउँदा फिभर क्लिनिकमै  वडा अध्यक्षका कोरोना संक्रमित श्रीमतीको मृत्यु

    बुटवल । कोरोना विशेष अस्पतालमा अक्सिजनयुक्त बेड नपाएपछि एकजना कोरोना संक्रमित महिलाको लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमै ज्यान गएको छ ।

    images

    देवदह नगरपालिका ६ की ४९ वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको हो । उनी देवदह नगरपालिकाका एक वडा अध्यक्षकी श्रीमती थिइन् ।

    मंगलबार कोरोना संक्रमण पुष्टि भएकी उनमा उच्च ज्वरो, उच्च रक्तचाप र श्वास प्रश्वासमा समस्या थियो । उनलाई तत्कालै आईसीयूमा राखेर उपचार गर्नुपर्ने थियो ।

    देवदहका मेयर हिरा खत्रीले बिहानैदेखि बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालदेखि काठमाडौंको नर्भिक र ह्याम्स अस्पतालसम्म बेडको लागि कुरा गरेका थिए तर कतै पाएनन् । केही सीप नलागेपछि प्रादेशिक अस्पतालको फिभर क्लिनिकमै राख्न बाध्य भए । तर अत्यावश्यक उपचारको अभावमा संक्रमित महिलाको दिउँसो ४ बजे मृत्यु भयो ।

    बिहानैबाट एउटा बेड मिलाउन बुटवलदेखि काठमाडौंसम्म प्रयास गरियो तर कतै पाइएन,केही उपाय नलागेपछि फिभर क्लिनिकमा राख्नुपर्याे, त्यहाँ राख्न पनि ठूलै पापड बेल्नुपर्यो मेयर खत्रीले भने, प्रदेश सरकारले एक वर्षको बीचमा एउटा बेड पनि थप्न सकेको छैन, गफ मात्रै ठूला गर्दा आफ्नै आँखा अगाडि एक सहकर्मीको श्रीमतीले उपचार नपाएर ज्यान गुमाउनुपर्याे ।

    अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले कोरोना विशेष अस्पतालमा बेड खाली नभएकाले फिभर क्लिनिकमै राखेर उपचार गरिएको बताए ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसहित रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १७५ पुगेको छ । जिल्लामा २९५ जना संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् भने १३ सय १७ जना होम आइसोलेसनमा छन् ।टोपराज शर्माले अनलाइन खबरमा लेखेका छन ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology