Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पूर्वराजपरिवारलाई कोरोना संक्रमण

पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था नाजुक,आइसियूमा हाईफ्लो अक्सिजनको सपोर्ट

पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था नाजुक,आइसियूमा हाईफ्लो अक्सिजनको सपोर्ट

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १६, २०७८ बिहिवार • ११:३४:४२ बजे
  • 1.1K
    SHARES
  • पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था नाजुक,आइसियूमा हाईफ्लो अक्सिजनको सपोर्ट

    पोखरा- नर्भिक अस्पतालमा भर्ना भएर कोरोना संक्रमणको उपचार गराइरहेकी पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको छ । उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि हिजो बुधबारदेखि आइसियूमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।

    images

    पूर्वरानी शाहको उपचारमा संलग्न डाक्टर जेपी जैसवालका अनुसार उनलाई अक्सिजनको अधिक मात्रा दिनुपरेको छ।

    डा। जैसवालले भने, दुई दिनअघिसम्म प्रतिमिनेट २.३ लिटर अक्सिजन दिए पनि हुन्थ्यो। तर उहाँलाई समस्या भएपछि हिजो आइसियूमा राख्यौं। अहिले प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिनु परेको छ ।

    कोरोना संक्रमण भएर सोही अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य रहेको डाक्टर जैसवालले जानकारी दिए। यसअघि वैशाख ७ गते पूर्वराजपरिवारलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology