Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गोरखामा होम आइसोलेसनमै बसेका कोरोना संक्रमित पुरुषले गरे आत्महत्या

गोरखामा होम आइसोलेसनमै बसेका कोरोना संक्रमित पुरुषले गरे आत्महत्या

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १६, २०७८ बिहिवार • १२:००:२४ बजे
  • 1.3K
    SHARES
  • गोरखामा होम आइसोलेसनमै बसेका कोरोना संक्रमित पुरुषले गरे आत्महत्या

    पोखरा - गोरखामा होम आइसोलेसनमै बसेका कोरोना संक्रमित पुरुषले आत्महत्या गरेका छन् । गोरखा नगरपालिका १४ याङकोटका ३६ वर्षीय सुब्बा उप्रेतीले गएराति आफ्नै घरको कोठाभित्र सलको पासो लगाएर आत्महत्या गरेको हो।

    images

    उनलाई गत वैशाख १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । गत चैत २६ गते भारतको फरियावादबाट घर फर्केका उनले गत वैशाख ७ गते पीसीआर परीक्षण गरेका थिए ।

    एकसातादेखि होम आइसोलेसनमा बसेका उनले गएराति आठबजेतिर झुण्डिएर आत्महत्या गरेको डीएसपी प्रकाश दाहालले जानकारी दिए ।

    उनको पीसीआर जाँच गर्दा रिपोर्ट पोजिटिभ देखिएपछि परिवारका अन्य सदस्यको पनि स्वाब परीक्षण गरिएको थियो । जसमा बावु, आमा, भाइ, श्रीमती र करिब डेढ वर्षका छोराको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

    परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ र आफ्नो मात्रै पोजिटिभ आएपछि उनी मानसिक तनाबमा परेको परिवार स्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । कोरोना पुष्टि भएका कारण उनको शव पोष्टमार्टम नगरी नेपाली सेनाले व्यवस्थापन गरेको डीएसपी दाहाले बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology