Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कञ्चनपुर महेन्द्रनगरस्थित महाकाली अस्पतालमा तीनजना कोरोना संक्रमितको मृत्यु

कञ्चनपुर महेन्द्रनगरस्थित महाकाली अस्पतालमा तीनजना कोरोना संक्रमितको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १६, २०७८ बिहिवार • १२:२४:५४ बजे
  • 937
    SHARES
  • कञ्चनपुर महेन्द्रनगरस्थित महाकाली अस्पतालमा तीनजना कोरोना संक्रमितको मृत्यु

    कञ्चनपुर-महेन्द्रनगरस्थित महाकाली अस्पतालमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार बुधबार राति २ जना र बिहीबार बिहान १ जनाको मृत्यु भएको हो । भवानी भट्टले कान्तिपुरमा लेखेका छन।

    images

    कोरोना संक्रमित बिरामीको उपचारमा संलग्न डा। गोविन्द रोकायाका अनुसार बुधबार राति दोधारा चाँदनी नगरपालिका १ का ३० वर्षीय पुरुष र भीमदत्त नगरपालिका १९ का २१ वर्षीय पुरुषको मृत्यु भएको हो । यसैगरि भीमदत्त नगरपालिका १८ का ३६ वर्षीय महिलाको बिहीबार बिहान मृत्यु भएको हो ।

    दोधाराका ३० वर्षीय पुरुष केही दिनअघि भारतबाट फर्केका हुन् । गड्डाचौकीमा एण्टिजीन परीक्षणमा पोजेटिभ आएपछि उनी होम आईसोलेसनमा बसेका थिए । बुधबार श्वाससमस्या देखिएपछि महाकाली अस्पतालको आईसीयुमा भर्ना भएका थिए ।

    अर्का पुरुष रक्तक्यान्सरका बिरामी हुन् । बुधबार रगत चढाउन आएका उनलाई संक्रमण देखिएपछि आईसीयुमा राखेर उपचार भइरहेको थियो ।

    बिहीबार बिहान मृत्यु भएकी महिला वैशाख ११ मा अस्पताल भर्ना भएकी थिइन् । उनलाई पनि बुधबारदेखि श्वास प्रश्वासमा समस्या देखिएको हो । अहिले महाकाली अस्पतालमा ६० जना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ३ जना गम्भीर रहेको डा। रोकायाले बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology