पोखरा - बिहिवार पोखरामा थप दुई जना कोरोना संक्रमितको निधन भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशानलयका अनुसार कास्की जिल्ला पोखरा महानगरपालिका-१४ का ४३ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८०११५ गते बेलुका ७:३० बजे मेडिप्लस अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको हो । ०७ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
यसै गरी पोखरा महानगरपालिका -७ की ८९ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८०११६ गते बिहान होम आइसोलेसनमा दुखद निधन भएको छ । वहाँमा मिति २०७८०१०८ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुगेको छ ।
