Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दिल्लीले कोलकातालाई ७ विकेटले हरायो

दिल्लीले कोलकातालाई ७ विकेटले हरायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १७, २०७८ शुक्रवार • ११:३३:३६ बजे
  • 1.2K
    SHARES
  • दिल्लीले कोलकातालाई ७ विकेटले हरायो

    इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ। अहमदाबादमा राति भएको खेलमा कोलकाताले दिएको १ सय ५५ रनको लक्ष्य दिल्लीले १६ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । दिल्लीका पृथ्वी शले ८२ रनको अर्धशतकीय पारी खेले ।

    images

    यस्तै शिखर धवनले ४६, ऋषव पन्तले १६ रन जोडे । कोलकाताका पाट कुमिन्सले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । कोलकाताका आन्द्रे रसेलले अविजित ४५ रन बनाए । त्यस्तै सुबमन गिलले ४३ रन जोडे । दिल्लीका अक्षर पटेल र ललित यादवले २÷२ विकेट लिए ।

    जितसँगै दिल्ली दोस्रो स्थानमा उक्लिएको छ । दिल्लीले ७ खेलमा ५ मा जित निकालेर १० अंक जोडेको छ । पाँचौं स्थानको कोलकाताले ७ खेलमा ५ मा हार ब्यहोरेको छ । कोलकाताको ४ अंक छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology