कमल भण्डारी नेपाली भएर जन्म लिनु अभिशाप हो ! कि बरदान ? हाम्रो पुस्तालाइ पक्कै पनि अभिशापको पगरी दिएको छ । तर भाबि पुस्ताको लागी भने बरदानको संकल्प होला जस्तो कतै पनि देखिदैन कुइरोमा हराएको काग जस्तो भएको छ नेपाली समाज नेतृत्व बिहिन नेपाली समाज भित्र धैरै मानिस मानसिक रोगले ग्रस्त छन । अंहकार दम्भ रिस खिचातानी नेपाली संस्कारका भोजन नै साबित भएको छ । गरीबी रोगी बेरोजगारी अहिलेका जल्दा बल्दा समस्या हुन । तर यस्को समाधानका लागी न दिर्घकालनि केहि योजना तय भएका छन न यस्ता कार्य योजना संचालनमा छन । कपीको पानामा मात्रै सिमित भएका छन ।
बोलि एक व्यवहार अनेक भनेको यहि होला कागजका पानामा योजना हेर्दा आशै आशा जगाउने तर यथार्थमा भने सपनामा मात्रै सिमित रहने यहि कारणले हो प्रगति भन्दा पनि दुग्रतिको यात्रा तय हुने नेपालको भुगोलभित्र बस्ने सम्पूर्ण नेपाली नागरिक शब्दमा गोर्खाली यथार्थमा मागी खाने हाम्रो संस्कार र संस्कृति हामी सधै पछाडि रहने मूख्य बाधक नै यहि समस्या हो । शील त तोडियो यो गोप्य नै थियो तर अहिले आएर दिल पनि तोडियो जब दिलमा खिया लाग्यो तब सबै बिषय बस्तु अन्तर कुन्तरमा लुकेर बसेका बिगतमा घटनाक्रम बाहिर सार्वजानिक भए तब मात्रै न्यायको खोजिमा अदालतमा प्रवेश गनुपर्ने अबस्था सिर्जित भयो । केहि समय अघि मात्रै आफ्नो पार्टीको सभा सम्मेलन भएको समयमा छाडा रूपमा प्रस्तुत भएका थिए यस्ता शब्द अब यस्ता घटना बिषयान्तर हुन्छन या निरूपण यस्ता समस्या समाधान भावि समयले फैसाला पक्कै दिने अपेक्षा मात्रै राखौं ।
जस्ले परिवार समाज राष्ट्र र देश नै रूपान्तरण गरी रोग भोग शोक बेरोजगारी अन्याय मूक्त समाज निमार्णमा सरिक भयो आजै उहि व्यक्ति आफ्नै दल र पार्टी भित्रका नेतृत्वबाट पिडित बन्नु पर्छ भन्ने बाकी समान्य नागरिकले कसरी न्यायको अनुभुति गर्न सकिन्छ होला एक पटक सबै नागरिकले मनन गरौ। न्यायको लागी अदालत प्रवेश गरेपछि मात्रै हामीलाइ जानकारी हुन्छ । न्यायलय कति पारदर्शी र स्वच्छ छ भने बिषयमा वादीले न्याय पाउनु र जीवीत व्यक्ति स्वर्गमा पुग्नु जस्तै छ । हामी सबैले ग्रहण गरेको नेपालको संविधान विश्वको सबै भन्दा उत्कृष्ट निस्पक्ष छ भनि वकालत गरीन्छ तर जब मानिस अन्याय बिरूद्र अदालत भित्र प्रवेश गर्छ तब मात्रै उस्लाइ जानकारी हुन्छ ।
निसाफको आशा लगभग शुन्य हुन्छ । किनभने कालोलाइ सेतो र सेतोलाइ कालो बनाउने कार्य तबमात्रै स्थापति हुन्छ जब न्यायका मूतिहरूले केसलाइ प्रक्रियामा अगाडी बढाउछन । त्यसकारण न्याय र अन्याय बिचको खाडलको समस्या समाधान गर्न नेपालका न्यायाधीशहरू धैरै केसमा चुकेका घटना धैरै छन। सानो उदारण लिन सकिन्छ डि आइजि रन्जन कोइरालाले नियोजित रूपमा श्रीमति गिता ढकालको हत्या गरे तर अदालतका श्रीमानहरूले आवेगमा भएका घटना र छोराछोरीलाइ बाबुको अपनत्व चाहिन्छ भनि माफि दिए ।
अब हामी कसरी आशा गर्न सकिन्छ समस्या परेपछि श्रीमानहरूले पिडितलाइ मलम लगाउने कार्य गर्छन भनेर त्यसैले कुनै पनि नेपाली नागरिकलाइ अदालतमा जानु पर्ने आफु जीवित भए सम्म जानु नपरोस । रोगि भएर बाच्नु पर्ने बाध्यता धैरै नेपाली नागरिक छन । यस्लाइ भाविको लेखाइ भन्ने कि आफ्नो कर्मको फल भन्ने हामी सबैको बिचमा उत्पन भएको निर्मम समस्या हो । जब मानिस शरिर पूर्ण रूपमा असक्त हुन्छ तव मानवका रोदनका दिनचार्यको शुरूवाति हुन्छन । जीवन भरीको आम्दानिले न उस्को रोगलाइ निमुल गर्न सक्छ न आफु फेरी सबल जीवन जीउन सक्छ त्यहि बाट मानिस मानसिक रोगबाट ग्रसत भइ आफ्नो जीवनलाइ अन्त्य तिरको यात्रा तय गर्छ त्यसकारण पहिलो प्राथामिकता शरिरलाइ निरोगी राख्नु हामी सबैको कर्तव्य हो । खानपान रहनसहन शरिर बचाउनलाइ बोध गरौं ।
बिरामी भएर अस्पताल र न्यायको खोजीमा अदालत प्रवेश गर्ने दिन कुनै पनि नेपाली भाषिजनलाइ ग्रहण गर्न नपरोस हामी सबैको पुकार भगवानले मनन गरिदिए हामी खुशी नेपाली सुखी नेपाली भएर जीवनयापन गर्ने थियौ । नाना र छाना अन्नबाट नागरिक प्रताडित हुने दिनको अन्त्य होस ।
यस्तो समस्याको समाधानको लागी हामी सबै कर्मशिल बन्ने प्रयाश जारी राखौं । रोग,भोग र शोक र बेरोजगारी मूक्त नेपाल निमार्णमा हामी सबै नेपाली नागरिक सरिक बनौं।