Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हङकङ सरकारले हङकङ–नेपाल उडानमा प्रतिबन्ध लगायो

हङकङ सरकारले हङकङ–नेपाल उडानमा प्रतिबन्ध लगायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १८, २०७८ शनिवार • ०९:५०:४७ बजे
  • 1.8K
    SHARES
  • हङकङ सरकारले हङकङ–नेपाल उडानमा प्रतिबन्ध लगायो

    हङकङ सरकारले हङकङ–नेपाल उडानमा प्रतिबन्ध लगाएको छ। हङकङमा कोरोना त्रास कम भए पनि सरकारले कोरोना प्रतिरोधात्मक नियमलाई निरन्तरता दिएको छ। अन्य देशबाट आएकाहरूमा कोरोना संक्रमण देखिएसँगै प्रतिबन्धको नियमलाई कडाइ गरिएको हो।

    images

    कोरोना संक्रमणको उच्च जोखिममा रहेका भारत, पाकिस्तान, फिलिपिन्सलगायत देशबाट हङकङ आउने उडानलाई यसअघि नै प्रतिबन्ध गरिएको छ। नेपालमा पनि कोरोना भाइरस संक्रमण तीव्र भएसँगै हङकङ सरकारले सतर्कता अपनाएको हो। यसअघि नेपालबाट हङकङ आउने यात्रु ४८ घण्टे पीसीआर जाँचको प्रमाणपत्र बोकेर हङकङ आउँथे।

    हङकङमा पुनः परीक्षणपश्चात् २१ दिन अनिवार्य क्वारेन्टाइन बस्ने प्रावधान थियो। हरेक उडानमा पाँचजनाभन्दा बढीमा कोरोना संक्रमण देखिए उडान प्रतिबन्ध हुने भनिएको छ। समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology