Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

क्रिकेट गतिविधि बन्द गर्ने क्यानको निर्णय

क्रिकेट गतिविधि बन्द गर्ने क्यानको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १८, २०७८ शनिवार • १०:०६:५५ बजे
  • 1.2K
    SHARES
  • क्रिकेट गतिविधि बन्द गर्ने क्यानको निर्णय

    कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान) ले सबै क्रिकेट गतिविधि अनिश्चित समयसम्मका लागि स्थगित गरेको छ ।

    images

    क्यानले शुक्रवार एक सूचना प्रकाशित गर्दै अर्को सूचना नआएसम्मका लागि सबै क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको हो । क्यानले राष्ट्रिय प्रतियोगिता, जिल्ला छनोट, प्रादेशिक प्रतियोगिता तथा विभिन्न देशसँग तय भएका शृङ्खलाहरू तत्कालका लागि स्थगित गरिएको जनाएको हो ।

    कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाण्डौ उपत्यकामा बिहीवारदेखि निषेधाज्ञा लागू भएको छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट प्रतियोगिता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology