Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घन्टामा ५ हजार ७६३ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घन्टामा ५ हजार ७६३ जना कोरोना संक्रमित थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १८, २०७८ शनिवार • १७:१९:१८ बजे
  • 964
    SHARES
  • पछिल्लो २४ घन्टामा ५ हजार ७६३ जना कोरोना संक्रमित थपिए

    नेपालमा ५ हजार ७ सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा देशभर १४ हजार ४ सय ३ आरटी पिसिआर र ५ सय ६६ एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएका हो ।

    images

    पिसिआर विधिबाट ५ हजार ७ सय ६ र एन्टिजेन विधिबाट ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जम्मा कोरोना संक्रमितको संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको छ । यीमध्ये ४३ हजार २ सय १३ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् भने ७६ जना क्वारेन्टिना छन् ।

    काठमाडौंमा १ हजार ९ सय ३२, ललितपुरमा ३ सय ५५ र भक्तपुरमा २ सय ८ जना गरी उपत्यकामा २ हजार ४ सय ९५ जना संक्रमित थपिएका छन् । संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ४ सय १ जना र भेन्टिलेटरमा १ सय १० जना उपचाररत छन् ।

    शनिबार देशभर १ हजार २ सय ८७ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका १ हजार २ सय ८७ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ८२ हजार ३ सय ८२ जना पुगेको छ । निको हुने दर ८५.९ प्रतिशत रहेको छ । पछिल्लो २४ घन्टाको अवधिमा १९ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार २ सय ९८ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology