Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इंग्ल्याण्ड ११३ रनले विजयी, सिरिज १-१ को बराबरीमा

इंग्ल्याण्ड ११३ रनले विजयी, सिरिज १-१ को बराबरीमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ६, २०७७ मंगलवार • २०:०२:३५ बजे
  • 2.2K
    SHARES
  • वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्ट घरेलु टोली इंग्ल्याण्डले जितेको हो । म्यानचेष्टरमा भएको दोस्रो टेक्ष्टमा ११३ रनको जित हात पारेको इंग्ल्याण्डले ३ खेलको सिरिज १-१ को बराबरी गरेको छ । पहिलो टेष्ट वेष्टइन्डिजले ४ विकेटले जितेको थियो ।
    घरेलु टोली इंग्ल्याण्डले दिएको ३१२ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएको वेष्ट इन्डिज १९८ रनमा अलआउट भएको थियो ।
    दोस्रो इनिङ्समा वेष्ट इन्डिजका शाम्रह ब्रुक्सले सर्वाधिक ६२ रन बनाए भने जर्मेन ब्लाकवुडले ५५ रन जोडे । कप्तान जासन होल्डरले ३५ रन बनाए ।
    वेष्ट इन्डिजलाई अलआउट गर्न इंग्ल्यान्डका स्टुवार्ड बोर्डले ३ तथा डम बेस, क्रिस वोक्स र बेन स्टोक्सले २-२ विकेट लिए । त्यसअघि इंग्ल्यान्डले दोस्रो इनिङ्समा ३ विकेट गुमाएर १२९ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।
    दोस्रो इनिङ्समा इंग्ल्यान्डका लागि बेन स्टोक्सले ओपनिङ गर्दै अविजित ७८ रन बनाए । यस्तै कप्तान जो रुटले २२ रन जो८ भने ओल पोप १२ रनमा अविजित रहे । वेष्ट इन्डिजका केमार रोचले २ विकेट लिए ।
    पहिलो इनिङ्समा इंग्ल्यान्डले ९ विकेट गुमाएर ४६९ रन बनाएको थियो । पहिलो इनिङ्समा इंग्ल्यान्डका लागि डम सिब्ले र बेन स्टोक्सले शतक बनाएका थिए । वेष्ट इन्डिजका रोस्टन चेसले ५ तथा केमार रोचले २ विकेट लिए । वेष्ट इन्डिज भने पहिलो इनिङ्समा २८७ रनमा अलआउट भएको थियो ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology