Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द

स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २०, २०७८ सोमवार • १८:१४:४१ बजे
  • 847
    SHARES
  • स्वास्थ्यकर्मीमा कोरोना  पुष्टि भएपछि अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द

    सिरहा - स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको धनगढीमाई नगरपालिका ९ स्थित नयनपुर अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ ।अस्पतालमा कार्यरत एक चिकित्सकमा कोरोना पोजेटिभ पाइएपछि तत्कालका लागि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएकोे हो ।

    images

    ती चिकित्सकको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले तत्काललाई अस्पताल सिल गरी आकस्मिक सेवा मात्र सञ्चालन गरिएको धनगढीमाई ९ का वडाध्यक्ष प्रकाश योञ्जनले जानकारी दिए ।

    उक्त अस्पतालको आकस्मिककक्षबाहेक सबै कक्षमा ताल्चा लगाइएको छ । अस्पतालमा रोग निवारक औषधि छर्केपछि पुनः सञ्चालनमा ल्याइने अस्पतालले जनाएको छ । कोभिड १९ को दोस्रो लहरपछि सिरहामा हालसम्म ६१ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

    सङ्क्रमितमध्ये सात जना आइसोलेसनमा, एक जनाको विराटनगर, एक जनाको धरानमा उपचार भइरहेको छ भने बाँकी होम आइसोलेसनमा छन् ।रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology