Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कोरोना

सङ्क्रमितभन्दा डिस्चार्ज हुनेको सङ्ख्या उच्च

सङ्क्रमितभन्दा डिस्चार्ज हुनेको सङ्ख्या उच्च

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ७, २०७७ बुधवार • ०८:२८:१९ बजे
  • 1.5K
    SHARES
  • सङ्क्रमितभन्दा डिस्चार्ज हुनेको सङ्ख्या उच्च
    नेपालमा कोरोना भाइरस (कोभिड–१९) का नयाँ सङ्क्रमितभन्दा सङ्क्रमण निको भएर डिस्चार्ज हुनेको सङ्ख्या बढेको पाइएको छ । पछिल्लो २४ घण्टामा थप ६०९ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो समय ६०९ जना सङ्क्रमित उपचारपछि निको भएर डिस्चार्ज भएको जानकारी दिए । उनले हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १२ हजार ४७७ पुगेको बताए । प्रवक्ता डा। गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा नौसहित १५० जना व्यक्तिमा कोरोना भाइरस पुष्टि भएको छ । गौतमले देशभरका २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १५० जना सङ्क्रमित थपिएको बताए । डा गौतमले तीन हजार ९६३ जनाको पीसीआर परीक्षण गर्दा १५० जना सङ्क्रमित थपिएको उल्लेख गर्दै योसँंगै नेपालमा कुल सङ्क्रमित १७ हजार ९९४ पुगेको जानकारी दिए ।
    उनले हालसम्म सातवटा जिल्ला कोरोना मुक्त रहेको जानकारी दिए । यस्तै तीन जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित छन् । देशभरका विभिन्न क्वारेन्टाइनमा २१ हजार ७०४ जना छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४७७ जना र क्वारेन्टाइनमा २१ हजार ७०४ जना छन् । यसैबीच विदेशबाट आएका नागरिक सीधै घरमा गएर बस्न पाउने भएका छन् । मन्त्रालयको होम क्वारेन्टाइनसम्बन्धी मापदण्डअनुसार विदेशबाट आउनेहरू सीधै घर गएर होम क्वारेन्टाइनमा बस्नेछन् । यसअघि विदेशबाट आएका नागरिक एक हप्ताभित्र गरेको पीसीआर रिपोर्ट देखाए मात्र होम क्वारेन्टाइनमा जान पाउँथे । प्रवक्ता गौतमले सरकारले बनाएको नयाँ मापदण्डमा नेपाल फर्केको व्यक्तिले होम क्वारेन्टाइनमा बस्ने इच्छा गरेमा स्थानीय तहको सहमति र प्रत्यक्ष निगरानीमा १४ दिन होम क्वारेन्टाइनमा बस्ने गरी पठाउने व्यवस्था गरिएको जानकारी दिए । मापदण्डअनुसार होम क्वारेन्टाइनमा बस्दा छुट्टै कोठा र शौचालय छुट्टै हुनुपर्ने, अन्य व्यक्तिसँग भेटघाट गर्न पाइने छैन । यसैगरी घरपरिवार वा आफन्तसँग दुई मिटर दूरी अनिवार्य कायम गर्नुपर्ने मापदण्डमा व्यवस्था गरिएको छ । मेडिकल मास्क वा तीन तहको कपडाको मास्क अनिवार्य प्रयोग गरी सामाजिक दूरी कायम गरेर मात्र परिवारका सदस्यसँग भेटघाट गर्न पाउने व्यवस्था गरिएको छ ।
    क्वारेन्टाइन अवधिभर अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनेजस्ता नियम तय गरिएको छ । उक्त समाचार आजकाे गाेरखापत्रमा छापिएकाे छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology