Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

क्रिकेटको वरियतामा नेपाको एक स्थान सुधार

क्रिकेटको वरियतामा नेपाको एक स्थान सुधार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २०, २०७८ सोमवार • १८:१९:४३ बजे
  • 1.2K
    SHARES
  • क्रिकेटको वरियतामा नेपाको एक स्थान सुधार

    काठमाडौँ - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी ट्वान्टी क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ।

    images

    आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३औँ स्थानमा उक्लिएको हो। यसअघि नेपाल १४औँ स्थानमा रहेको थियो। घरेलु मैदानमा यही वैशाखमा सम्पन्न त्रिकोणात्मक टी ट्वान्टी सिरिजको उपाधिसमेत नेपालले जितेको थियो।

    नेपालको टी ट्वान्टीमा उत्कृष्ट वरियता ११औँ स्थान हो। टी ट्वान्टीको नयाँ वरियताको पहिलो स्थानमा इङग्ल्यान्ड छ भने दोस्रोमा भारत तथा तेस्रो स्थानमा न्युजिल्यान्ड छ। त्यसैगरी चौथो स्थानमा पाकिस्तान छ भने पाँचौँ स्थानमा अष्ट्रेलिया छ।

    यस्तै नेपालले एक दिवसीय वरियतामा समेत सुधार गरेको छ। एकदिवसीय वरियतामा नेपाल १६औँ स्थानमा छ। यसअघि नेपाल १७औँ स्थानमा रहेको थियो। एक दिवसीयको नयाँ वरियतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो तथा भारत तेस्रो स्थानमा छ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology