Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजदेखि रेम्डेसिभिर पाउन केही सहज हुने

आजदेखि रेम्डेसिभिर पाउन केही सहज हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २१, २०७८ मंगलवार • ०८:५१:२३ बजे
  • 1.2K
    SHARES
  • आजदेखि रेम्डेसिभिर पाउन केही सहज हुने

    कोभिड–१९ बाट सङ्क्रमित बिरामीको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ को सात हजार डोज काठमाडौं आएपछि उपचारमा केही सहज हुने भएको छ । औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार करिब सात हजार मात्रा रेम्डेसिभिर औषधि आएपछि आजदेखि संक्रमितहहरुको उपचारमा केही केही सहज हुनेछ ।

    images

    बंगलादेशबाट ७ सात हजार डोज औषधि आएपछि पनि क्रमशः अर्को हप्तादेखि थप केहि परिणाम आउने तथा करिव एक महिनाभित्र ८५ हजार आइपुगग्ने केसीको भनाइ छ । सङ्क्रमित बिरामीको अवस्था हेरेर फरक–फरक डोजमा रेम्डेसिभिर औषधिको प्रयोग गरिँदै आएको छ । 

    पछिल्लो समय सङ्क्रमितको सङ्ख्या बढ्दै गएका कारण बजारमा औषधिको अभाव देखिन थालेको थियो ‘केहि अस्पतालहरुमा औषधि स्टकमा राखिएको छ । तर, कोभिड बिरामीको उपचार हुने अस्पतालमा भने औषधिको अभाव देखिएको र चाहे अनुसार पाउन सकेको छैन,’ सूचना अधिकारी केसीका अनुसार आजदेखि यो औषधि सहज रुपमा पाइने छ ।

    भारतमा पछिल्लो समय प्रतिबन्ध लगाएको कारण त्यहाँबाट औषधि आउन नसकेको केसीको भनाइ छ । ‘आयातकर्ताहरुसँग औषधि शून्य स्तरमै छ । तर, कोभिड अस्पतालहरुमा सानो परिमाणमा औषधि स्टक छ । त्यो औषधि कोभिडका गम्भीर अवस्थाका बिरामीहरुको लागि प्रयोग गर्ने भनेर छुट्याइएको छ,’ उनले भने । बिरामीको अवस्था हेरेर सात डोज र ११ डोजको रेम्डेसिभिर दिइने उनले बताए । कोरोना सङ्क्रमित सबै बिरामीलाई यो औषधि दिइँदैन र यसले कोरोनालाई निको नै पार्ने भनेर प्रमाणित भइनसकेकाले क्रिटिकल अवस्थामा मात्रै यो औषधि प्रयोग गर्ने गरिएको उनको भनाइ छ । यो औषधि शुरुमा दुई जोड दिइन्छ त्यसपछि छ दिनसम्म एक–एक डोज दिएर सात डोज र अर्को भनेको शुरुमा दुई डोज दिएर नौ दिनसम्म एक–एक डोज लिएर ११ डोज पूरा गरी उपचार हुने गरेको उनले बताए । समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology