Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बेनी नगरपालिका १० दिन निषेधाज्ञा जारी

बेनी नगरपालिका १० दिन निषेधाज्ञा जारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २१, २०७८ मंगलवार • १२:५९:१७ बजे
  • 2.7K
    SHARES
  • बेनी नगरपालिका १० दिन निषेधाज्ञा जारी

    म्याग्दी - बेनी नगरपालिका १० दिन निषेधाज्ञा जारी गरिएको छ। बैशाख २२ गते राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो।

    images

    बेनी नगरपालिकाले सोमबार सर्वपक्षीय बैठकको आयोजना गरी १० दिन लकडाउन गर्न जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसि एमसी) सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा मंगलबार बिहान बसेको डिसिसिएमसीे बैठकले उक्त निर्णयलाई अनुमोदन गरेको हो।

    कोरोना संक्रमणको दर बढेको र थप जोखिमलाई कम गर्न पहिलो चरणमा बेनी नगरपालिकामा निषेधाज्ञा जारी गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिए।संक्रमितको संख्या ह्वात्तै बढेपछि नगरपालिकाभित्र अत्यावश्यकबाहेक सेवाहरू बन्द गरिएको प्रजिअ अधिकारीले बताए। मंगला, मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाभित्र विद्यालयबाहेक सबै सेवाहरू सञ्चालन हुनेछन्।

    जिल्लाका अन्य पाँच स्थानीय तहमा ठेगाना भएका संक्रमति समेत बेनीबजारभित्रै होम आइसोलेसनमा रहेकाले संक्रमणको गतिलाई चेनब्रेक गर्न नगरपालिकाले सोमबार सर्वदलीय बैठकमार्फत निषेधाज्ञा गर्न सिफारिस गरेको थियो। म्याग्दीमा कोरोनाको दोस्रो लहरपछि २३ जना उपचारपछि घर फर्किएका छन्। ७३ जना सक्रिय संक्रमित रहेका छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology