Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लमजुङ मध्यनेपाल नगरपालिकामा अक्सिजनसहित १५ शय्याको आइसोलेसन कक्ष तयार

लमजुङ मध्यनेपाल नगरपालिकामा अक्सिजनसहित १५ शय्याको आइसोलेसन कक्ष तयार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २२, २०७८ बुधवार • १०:४२:५१ बजे
  • 2.1K
    SHARES
  • लमजुङ मध्यनेपाल नगरपालिकामा अक्सिजनसहित १५ शय्याको आइसोलेसन कक्ष तयार

    लमजुङ - मध्यनेपाल नगरपालिकाले अक्सिजनसहित १५ शय्याको आइसोलेसन कक्ष तयार गरेको छ।

    images

    वडा नम्बर १ को जितावेशीस्थित अस्थायी कोभिड अस्पतालमा आइसोलेसन कक्ष तयार पारिएको नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले बताए। आइसोलेसनमा एकजना डाक्टर, दुईजना स्टाफ नर्ससहितको स्वास्थ्य टोली रहेको उनले जानकारी दिए।

    नगरपालिकाले कोभिड १९ को बिरामीको तत्काल उद्धारका लागि एउटा एम्बुलेन्स पनि तयारी अवस्था राखेको र थप एम्बुलेन्सका लागि प्रदेश सरकारसँग माग गरिएको बताएको छ। नगरपालिकाभित्र संक्रमण फैलन नदिन तथा संक्रमित पहिचानका लागि हरेक सोमबार भोर्लेटार र रम्घामा स्वाब संकलनको व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वैकुष्ठप्रसाद सापकोटाले जानकारी दिए।

    कोभिड संक्रमण फैलनसक्ने भन्दै नगरपालिकाले विद्यालयहरुमा पठनपाठन समेत बन्द गराएको छ। संक्रमणकालीन अवस्थामा ज्येष्ठ नागरिक तथा दीर्घरोगीलाई घरदैलो सेवासहित निःशुल्क औषधि उपचारको व्यवस्था पनि गरिरहेको नगरपालिकाले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # आइसोलेसन कक्ष तयार
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology