Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रियल म्याड्रिडमाथि ३-१ गोलको जित निकाल्दै चेल्सी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

रियल म्याड्रिडमाथि ३-१ गोलको जित निकाल्दै चेल्सी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २३, २०७८ बिहिवार • १४:१३:२० बजे
  • 1.3K
    SHARES
  • रियल म्याड्रिडमाथि ३-१ गोलको जित निकाल्दै चेल्सी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

    इंग्लिस क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।

    images

    स्पेनिस क्लब रियल म्याड्रिडमाथि समग्रमा ३-१ गोलको जित निकाल्दै चेल्सी फाइनलमा पुगेको हो।

    पहिलो लेग १-१ गोलको बराबरीमा सकिँदा बुधबार भएको दोस्रो लेगमा चेल्सीले घरेलु मैदानमा २-० गोलको जित निकाल्यो।

    चेल्सीका लागि पहिलो हाफमा वेर्नरले गोल गरेका थिए। उनले खेलको २८ मिनेटमा गोल गर्दा चेल्सी घरेलु मैदानमा सहज स्थितिमा देखिएको थियो।

    खेल सकिन पाँच मिनेट बाँकी छदा चेल्सीका लागि माउन्टले दोस्रो गोल गरे।

    चेल्सी सन् २०१२ मा च्याम्पियन्स लिगको उपाधि जितेपछि पहिलो पटक फाइनलमा पुगेको हो।

    अब उपाधिका लागि चेल्सीले अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग आगामी २९ मेमा टर्कीको इस्तानबुलमा प्रतिस्पर्धा गर्नेछ।

    सिटी पहिलो पटक फाइनलमा पुग्दा चेल्सी यसअघि २००८ र २०१२ मा पनि पुगेको थियो।

    च्याम्पियन्स लिगको फाइनलमा इंग्लिस क्लबबीच प्रतिस्पर्धा हुन लागेको यो तेस्रो पटक हो। सन् २००८ मा चेल्सी र म्यानचेस्टर युनाइटेड तथा सन् २०१९ मा लिभरपुल र टोटेनहम उपाधिका लागि भिडेका थिए।

  • सम्बन्धित विषय:

  • # च्याम्पियन्स लिग
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology