Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोभिड १९ संक्रमितको उपचारका लागि शय्या चाहिएमा टोल फ्री नं एवं मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह

कोभिड १९ संक्रमितको उपचारका लागि शय्या चाहिएमा टोल फ्री नं एवं मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २३, २०७८ बिहिवार • १५:०७:०० बजे
  • 934
    SHARES
  • कोभिड १९ संक्रमितको उपचारका लागि शय्या चाहिएमा टोल फ्री नं एवं मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह

    पोखरा - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमितको उपचारका लागि शय्या चाहिएमा टोल फ्री नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

    images

    मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोल फ्री र मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरेको हो ।

    संक्रमणको दोस्रो भेरियन्ट फैलिएर बिरामी बढ्न थालेपछि अहिले देशभरि शय्याको अभाव रहेको छ । बुधबार मात्र आठ हजार ६ सय ५९ जना संक्रमित भएका थिए भने ५८ को निधन भएको थियो ।

    ती नम्बरमा फोन गरे शय्या उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । २४सै घन्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

  • सम्बन्धित विषय:

  • # शय्या चाहिएमा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology