Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालमा पहिलो पटक

काठमाडौंमा कोरोनाबाट चिनियाँ नागरिकको निधन

काठमाडौंमा कोरोनाबाट चिनियाँ नागरिकको निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ७, २०७७ बुधवार • १६:०६:२६ बजे
  • 1.4K
    SHARES
  • काठमाडौंमा कोरोनाबाट चिनियाँ नागरिकको निधन
    नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट १ विदेशी नागरिकको मृत्यु भएको छ । नेपालमा रहेकी एक चिनियां नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

    महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ४८ वर्षिय चिनियाँ महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । मुटुरोगी ती महिलालाई हिजो साँझ शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

    महिलाको शवलाई त्रिवि शिक्षण अस्पतालको शवगृहमा राखिएको छ । चिनियाँ दुतावाससँगको सहकार्यमा उनको शव व्यवस्थापनका लागि तयारी भइरहेको अस्पतालले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology