Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आर्सनललाई हराउँदै भिल्लारियल युरोपा लिग फुटबलको फाइनलमा

आर्सनललाई हराउँदै भिल्लारियल युरोपा लिग फुटबलको फाइनलमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २४, २०७८ शुक्रवार • १०:४८:२४ बजे
  • 1.2K
    SHARES
  • आर्सनललाई हराउँदै  भिल्लारियल युरोपा लिग फुटबलको फाइनलमा

    स्पेनिस क्लब भिल्लारियल युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । प्रिमियर लिग क्लब आर्सनललाई हराउँदै भिल्लारियलले फाइनलमा स्थान बनाउन सफल भएको हो ।

    images

    बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा आर्सनलसँग गोलरहित बराबरी खेल्दै समग्रमा २-१ को जितसहित भिल्लारियल फाइनल पुग्यो ।

    आर्सनलको मैदानमा भएको खेलमा भिल्लारियलले गोलरहित बराबरी खेलको थियो । भिल्लारियलले पहिलो लेगमा निकालेका कारण फाइनल यात्रा तय गरेको हो ।

    भिल्लाले पहिलो लेगमा २-१ को जित निकालेको थियो । अब भिल्लाले फाइनलमा क्लब म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ । युनाइटेड रोमालाई समग्रमा ८–५ ले हराएर फाइनल पुगेको छ । एजेन्सी

  • सम्बन्धित विषय:

  • # युरोपा लिग
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology