प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । ओले गुनर सोल्सायरको प्रशिक्षकत्वमा युनाइटेड पहिलो पटक कुनै युरोपाको ठूलो प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा रोमासँग ३–२ गोल अन्तरले पराजित भए पनि समग्रमा ८–५ को जित निकाल्दै युनाइटेडले फाइलनमा स्थान बनायो ।
घरेलु मैदानमा रोमाले सहज जित निकाल्न सफल भएको हो । युनाइटेडले पहिलो लेगमा ६–२ को जित निकालेको थियो । दोस्रो लेगमा रोमालाई जित दिलाउन इडेन डेज्को र ब्रायन क्रिस्टान्टेले एक एक गोल गरे । युनाइटेडका एडिन्सन काभानीले दुई गोल फर्काए पनि एलेक्स टेलासले एक आत्मघाती गोल गरेका थिए ।एजेन्सी