Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चितवनमा ८६ चिकित्सक र स्वास्थ्यकर्मी सं'ङ्क्र'मित

चितवनमा ८६ चिकित्सक र स्वास्थ्यकर्मी सं'ङ्क्र'मित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २५, २०७८ शनिवार • १२:५८:४७ बजे
  • 1.4K
    SHARES
  • चितवनमा ८६ चिकित्सक र स्वास्थ्यकर्मी सं'ङ्क्र'मित

    चितवन,रासस। जिल्लमा को'रोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी सं'ङ्क्र'मित हुन थालेका छन्। को'रोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरूमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना सं'ङ्क्र'मित भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

    images

    कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर अस्पतालमा २२, चितवन मेडिकल कलेजमा २२, पुरानो मेडिकल कलेजमा १९, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका १६ जना रहेका छन्। यस्तै बघौडा अस्पताल माडी, राप्ती अस्पताल भण्डारा, बकुलहर अस्पताल रत्ननगर, कालिका नगर अस्पताल लगायतका अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी ७ जना सं'ङ्क्र'मित भएको उनले जानकारी दिए।

    उनका अनुसार सं'ङ्क्र'मित चिकित्सक र स्वास्थ्यकर्मी अहिले आइसोलेसनमा रहेका छन्। उनीहरू मध्ये कतिपय सन्चो भएर घर फर्की सकेका छन्। कार्यालयका अनुसार जिल्लामा को'रोना रो'ग नियन्त्रणमा खटिएका प्रहरी प्रमुखसमेतलाई सं'ङ्क्र'मित देखिएको छ।

    जिल्लामा वैशाखमा मात्रै दुई हजार ८० जनामा सं'ङ्क्र'मित देखिएको छ जस मध्ये १७ जनाको मृ'त्यु भई सकेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। जिल्लामा हाल औसत दैनिक सात जना सं'ङ्क्र'मितको मृ'त्यु भएको छ। ती मध्ये अधिकांश बाहिरी जिल्लाका छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology