Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हावाबाट पनि को'रोना भा'इ'रस सर्ने,बन्द कोठामा नभेट्न सुझाव

हावाबाट पनि को'रोना भा'इ'रस सर्ने,बन्द कोठामा नभेट्न सुझाव

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २६, २०७८ आइतवार • १६:१५:४७ बजे
  • 1.8K
    SHARES
  • हावाबाट पनि को'रोना भा'इ'रस सर्ने,बन्द कोठामा नभेट्न सुझाव

    एजेन्सी - हावाबाट पनि को'रोना भा'इर'स सर्ने बताइएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले को'रोना भा'इर'सको सं'क्रम'ण हावामार्फत समेत फैलन सक्ने बताएको हो ।

    images

    सीडीसीद्वारा जारी को'रोना भाइ'रस सम्बन्धी निर्देशिकामा सास फेर्ने क्रममा वायुको माध्यमबाट पनि सं'क्र'मण हुनसक्ने उल्लेख गरेको छ । सं'क्रमि'त व्यक्तिले श्वास फेर्दा भा'इरसयुक्त ओसिला कणहरु हावामा छाड्ने र ती कण हावामै केही समय जीवित रहन सक्ने भएकाले हावामार्फत को'रोना सर्ने उक्त केन्द्रले जनाएको छ ।

    यसरी हावामा आएका सं'क्रमि'त कणहरु केही मिनेटदेखि केही घण्टासम्मै हावामा जीवित रहन सक्ने उसको भनाइ छ । खुला ठाउँमा ६ मिटरको दूरी राखेर मास्क लगाई बस्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा को'रोना सर्ने सम्भावना कम हुने भए पनि यदि बन्द कोठाभित्र सं'क्रमि'त व्यक्ति १५ मिनेटभन्दा लामो समय रहेको छ भने सं'क्रमण हावामा समेत मिसिन सक्ने वैज्ञानिकहरुले बताएका छन् । यो सँगै वैैज्ञानिकहरुले भेन्टिलेसन नभएको बन्द कोठामा सं'क्रा'मक वा सं'क्रम'णको जोखिम भएका व्यक्तिसँग ६ मिटरको दूरी राखेर पनि नभेट्न सुझाएका छन् ।

    यसअघि सीडीसीले भाइरसको सं'क्रम'ण अधिकांश समय सं'क्रमि'तको सम्पर्कमा आएपछि मात्रै हुने उल्लेख गरेको थियो । त्यस्तै उसले भा'इ'रस वायुको माध्यमबाट नसर्ने बताउँदै आएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology