Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्यानचेस्टर सिटीले जित्यो इंग्लिस प्रिमियर लिग

म्यानचेस्टर सिटीले जित्यो इंग्लिस प्रिमियर लिग

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २९, २०७८ बुधवार • ०९:४१:५४ बजे
  • 2.7K
    SHARES
  • म्यानचेस्टर सिटीले जित्यो इंग्लिस प्रिमियर लिग

    लन्डन — म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा मंगलबार लेस्टर सिटीसँग २–१ ले पराजित भएको छ र यससँगै म्यानचेस्टर सिटीले इंग्लिस घरेलु लिगको माथिल्लो डिभिजन जितेको छ ।

    images

    लेस्टरले म्यानचेस्टरलाई ओल्ड ट्रायफोर्डमा हराएको यो सन् १९९८ यता पहिलो हो ।यससँगै उसले अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो भएको छ । यो हारपछि लिगमा तीन चरणको खेल बाँकी रहेको बेला म्यानचेस्टर छिमेकी सिटी भन्दा १० अंक ले पछाडि रह्यो ।

    लेस्टरका लागि कागलर सोयन्कुले निर्णायक गोल गरे । लुके थोमसले लेस्टरलाई सुरुवाती अग्रता दिलाएयता म्यानचेस्टरका लागि मेसन ग्रिनउडले बराबरी गोल फर्काएका थिए । पछिल्लो चार सिजनमा पेप ग्वार्डिओलाको सिटीले लिग जितेको यो तेस्रो पल्ट हो । यो जितपछि लेस्टर ६६ अंकमा तेस्रो स्थानमा रह्यो भने म्यानचेस्टरको ७० अंक छ ।

    मंगलबारकै अर्को खेलमा साउथह्याम्पटनले क्रिस्टल प्यालेसलाई ३–१ ले हरायो र १४औं स्थानमा उक्लिन सफल रह्यो ।

  • सम्बन्धित विषय:

  • # इङ्ग्लिस प्रिमियर लिग
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology