Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

साविकको लेखनाथ नगरपालिकाको भवनमा एक सय बेडको कोरोना युनिट निर्माण शुरु

साविकको लेखनाथ नगरपालिकाको भवनमा एक सय बेडको कोरोना युनिट निर्माण शुरु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २९, २०७८ बुधवार • १३:०१:०७ बजे
  • 715
    SHARES
  • साविकको लेखनाथ नगरपालिकाको भवनमा एक सय बेडको कोरोना युनिट निर्माण शुरु

    लेखनाथ । पोखरा महानगरपालिकाले साविकको लेखनाथ नगरपालिकाको भवनमा एक सय बेडको कोरोना युनिट निर्माण शुरु गरेको छ । महानगर अन्तर्गतको शिशुवा अस्पताल मातहत रहने गरी उक्त भवनमा एकसय बेडको कोरोना आइसोलेसन वार्ड निर्माण गर्न लागेको हो ।

    images

    आइसोलेसन वार्ड बनाउन महानगरले अक्सिजनको व्यवस्थापन र पाइपलाइनका लागि २५ लाख रुपैयामा बोलपत्र आब्हान गरेको छ । भवन बाहिरका केही संरचना परिवर्तन गर्न ८ लाख ५० हजार रुपैयाको अर्को बोलपत्र प्रकाशित गरेको छ ।

    साविक लेखनाथ नगरपालिकाको भवनमा महानगरकै २७ नम्बर वडा कार्यालय बस्दै आएको छ । वडा कार्यालयलाई अन्यत्र सारेर महानगरले जेठको दोश्रो हप्ताभित्र संचालन गर्ने गरी निर्माण कार्यलाई अघि बढाएको हो । एकसय बेड राख्न मिल्ने खालको भवन भएकाले महानगरले तत्काल काम शुरु गरेको स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए । उनले अहिले शिशुवा अस्पताल मातहत रहने गरी कोभिड युनिट संचालन गर्ने र महामारी सकिएपछि अस्पतालकै रुपमा विकास गर्ने गरी कार्य अघि वढाइएको पनि बताए । कोभिड युनिटमा चिकित्सकको नेतृत्वमा स्वास्थ्यको टिम खडा गरी संक्रमितको उपचारलाई सहज बनाईने शर्माले बताए । नयाँ संरचना खडा गरेर अघि बढ्न छोटो समय भएकाले उक्त भवनलाई प्रयोगमा ल्याईएको उनले बताए ।

    साविक लेखनाथ नगरपालिकाको ३६ रोपनी क्षेत्रफलको उक्त जग्गामा महानगरले यसअघि महानगर अस्पताल र विशिष्टीकृत बाल अस्पताल बनाउने गरी निर्णय गरेको छ । कोरोना आइसोलेसन युनिट बन्ने भएपछि वडा कार्यालयले पायक पर्ने ठाँउमा भाडामा घर खोजेको छ । महामारीका बेला आइसोलेसन पनि चाहिएको छ, बनीबनाउ वडा कार्यालय छोडेर भाडामा घर खोज्दै हिड्नु परेको छ, वडा नं। २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ्गले भने अव कार्यकाल सकिन १ बर्ष बाँकी छ, सारै अप्ठ्यारोमा परियो । गुरुङ्गले महामारीमा जनता बचाउनु ठुलो कुरा भएको उल्लेख गर्दै, उक्त भवनलाई महामारी पछि महानगर अस्पतालकै रुपमा विकास गर्नु पर्नेमा जोड दिए । हामी त छाडौला तर पछि महानगरले यहाँको जनताको चाहना अनुसार गुणस्तरिय स्वास्थ्य सेवा दिने गरी योजना बनाउनु पर्नेमा गुरुङ्गले जोड दिए ।

  • सम्बन्धित विषय:

  • # कोरोना युनिट
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology