Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दमौली अस्पतालमा को'भिड स'ङ्क्र'मितको उपचार शुरु

दमौली अस्पतालमा को'भिड स'ङ्क्र'मितको उपचार शुरु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २९, २०७८ बुधवार • १३:२६:३७ बजे
  • 1.5K
    SHARES
  • दमौली अस्पतालमा को'भिड स'ङ्क्र'मितको उपचार शुरु

    तनहुँ । तनहुँको दमौली अस्पतालले को'भिड स'ङ्क्र'मितको उपचार शुरु गरेको छ । अस्पतालले मङ्गलबारदेखि को'भिड स'ङ्क्र'मितलाई भर्ना गरेर उपचार शुरु गरेको हो ।

    images

    अस्पतालमा पाँच स'ङ्क्र'मितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार चार व्यास नगरपालिका र एक म्याग्देका स'ङ्क्रमि'तको उपचार शुरु गरिएको छ । सबै स'ङ्क्र'मित निमोनिया पीडित छन् । सङ्क्रमितलाई अक्सिजन दिइएको छ ।

    सबै सङ्क्रमितको फोक्सोमा निमोनिया देखिएको छ, उहाँहरुलाई अक्सिजन र अत्यावश्यक औषधि दिइएको छ डा पौडेलले भन्नुभयो । उहाँका अनुसार अस्पतालमा १६ स'ङ्क्र'मितलाई उपचार गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । अहिलेको अवस्थामा उक्त शय्या आजै भरिनेजस्तो देखिएको डा पौडेलले बताउनुभयो ।

    अस्पतालले जनरल वार्डलाई कोभिड कक्षमा रूपान्तरण गरेको थियो । उक्त ठाउँमा शय्या थप गर्ने प्रयास भइरहेको पनि अस्पतालले जनाएको छ । अस्पतालले सात आइसीयू र चारवटा भेन्टिलेटरसहितको शय्या यसअघि नै तयार गरिसकेको छ ।रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology