Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रदेश अस्पताल सुर्खेतले अक्सिजन प्लान्टले थेग्न नसकेपछि संक्रमितका बिरामी भर्ना नलिने

प्रदेश अस्पताल सुर्खेतले अक्सिजन प्लान्टले थेग्न नसकेपछि संक्रमितका बिरामी भर्ना नलिने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १, २०७८ शनिवार • ११:३०:३१ बजे
  • 1.2K
    SHARES
  • प्रदेश अस्पताल सुर्खेतले अक्सिजन प्लान्टले थेग्न नसकेपछि संक्रमितका बिरामी भर्ना नलिने

    सुर्खेत - प्रदेश अस्पताल सुर्खेतलेकोरोना भाइरस संक्रमित बिरामीको संख्या बढ्दै गएपछि प्रदेश अस्पतालको आफ्नै अक्सिजन प्लान्टले थेग्न नसकेपछि कोरोना भाइरस संक्रमितका बिरामी भर्ना नलिने भएको छ।

    images

    अक्सिजनको आपूर्ति सहज नभएकै कारण अस्पतालमा विरामी भर्ना लिन नसकेको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए। अक्सिजन भर्नका लागि खाली सिलिण्डर नेपालगञ्ज पठाए पनि अक्सिजन खोसाखोस हुदाँ भरेर ल्याउन नसकिएको अस्पतालका निर्देशक डा। डम्बर खड्काले जानकारी दिए। अस्पतालमा रहेको प्लान्टले हाल सय जना बढी बिरामीलाई पाइप लाइनमार्फत अक्सिजन दिईरहेको छ। अस्पतालले थप १०० जना बिरामी भर्ना लिन सक्ने भएपनि अक्सिजनकै अभावले बिरामी भर्ना गर्न नसक्ने अवस्थामा पुगेको अस्पतालको भनाई छ।

    अस्पतालले सार्वजनिक रुपमै सूचना निकालेर कोरोना संक्रमितका बिरामी भर्ना नलिने भनेपछि प्रदेश सरकारको चर्को आलोचना भएको छ।

    नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले सरकारसँग पर्याप्त स्रोत हुदाँहुदैँ पनि जिम्मेवार नहुदाँ जनताले अनाहकमा ज्यान गुमाईरहेको भन्दै आफ्नो सामाजिक सञ्जालमार्फत सरकारलाई असक्षमताको पराकाष्ठा नै भनेका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, महामारीको विचमा अस्पताललाई यस्तो (भर्ना नलिने) सूचना सार्वजनिक गर्नुपर्ने स्थितिमा पुर्याउनु सम्बन्धित जिम्मेवार निकायको असक्षमताको पराकाष्ठा नै हो। प्रदेश सरकारसँग स्रोत अभाव छैन। संघीय सरकारसँग समन्वय गरेर आफ्नो प्रदेशमा सहयोग जुटाउने दायित्व पनि प्रदेश सरकारको नै हो।

    आफुसँग भएको स्रोतको पनि उचित परिचालन पनि गर्न नसक्ने, अरुको सहयोग पनि लिन नसक्ने भएपछि अनाहकमा जनताको ज्यान गईरहेको छ। अझै जाने कुरा अस्पतालले प्रकाशित सूचनाबाट सजिलै अनुमान लगाउन सकिन्छ। अरुले सहयोग गर्ने हो, सुझाव दिने हो, ढंग जिम्मेवारी लिएका व्यक्तिहरुले नै पुर्याउनुपर्छ। प्रचारमुखी भन्दा परिणामुखी काम गरौँ। पहिला महामारीबाट जनताको ज्यान जोगाऔँ। अरु कुरा पछि गर्दै गरौला।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology