Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग फाइनलमा काठमाडौं रेजर्स र धनगढी एफसी भिड्दै

नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग फाइनलमा काठमाडौं रेजर्स र धनगढी एफसी भिड्दै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १, २०७८ शनिवार • ११:३८:१६ बजे
  • 1.4K
    SHARES
  • नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग फाइनलमा काठमाडौं रेजर्स र धनगढी एफसी भिड्दै

    काठमाडौं। नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग एनएसएलको फाइनलमा काठमाडौं रेजर्स र धनगढी एफसीको आज खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साढे ५ बजे हुने खेलमा भिड्दै छन्।

    images

    प्रतियोगिताको लिग चरणमा काठमाडौं शीर्षस्थानमा र धनगढी दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएका थिए। त्यस्तै प्लेअफमा काठमाडौंलाई हराउँदै धनगढी सोझै फाइनलमा पुगेको थियो भने काठमाडौंले दोस्रो प्लेअफ खेल्दै ललितपुरलाई हराएर फाइनलको यात्रा तय गरेको थियो। जारी प्रतियोगितामा काठमाडौं र धनगढी तेस्रो पटक आमनेसामने हुँदैछन्।

    फाइनल खेलको प्रिम्याच कन्फ्रेन्समा धनगढीका कप्तान किरण चेम्जोङले यसअघि पनि काठमाडौंसँग खेलेर जितिसकेको भए पनि प्रतिस्पर्धीलाई कमजोर नआक्ने जनाउँदै फाइनलमा आफ्नोतर्फबाट शतप्रतिशत दिने बताएका थिए। त्यस्तै काठमाडौका कप्तान विकेश कुथुले यसअघिका हारबाट पाठ सिक्दै फाइनलमा राम्रो गर्ने बताए। उनले सबै खेलाडीहरु उत्साही रहेको भन्दै आफूहरु फाइनलका लागि तयार रहेको बताए। काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले ट्रफी आफ्नो टिमले जित्ने दाबी गरे।

    पहिलो पटक लिगचरणमा काठमाडौंमाथि ३-० को सानदार जित निकालेको धनगढीले दोस्रो पटक प्लेअफमा २-१ गोलअन्तरले जित निकाल्दै फाइनलको यात्रा तय गरेको थियो। जारी प्रतियोगितामा काठमाडौंले जम्मा दुई हार ब्यहोरेको छ र, दुबै हार काठमाडौंसँग ब्यहोरेको छ।

    लिग चरणमा ४ जित १ हार र १ बराबरी खेलेको काठमाडौं १३ अंक जोडेर शीर्षस्थानमा रहँदै प्लेअफमा पुगेको थियो। उता धनगढी भने ३ जित १ बराबरी र १ हार ब्यहोर्दै १० अंक जोडेर प्लेअफमा पुगेको थियो। तर प्लेअफमा धनगढीले काठमाडौंलाई हराएपछि धनगढीले सोझै फाइनल खेल्यो भने काठमाडौंले ललितपुरसँग दोस्रो प्लेअफ खेल्नु पर्यो। दोस्रो प्लेअफमा ललितपुरलाई हराउँदै काठमाडौंले फाइनलको यात्रा तय गरेको थियो।

    त्यस्तै आजको खेलले प्रतियोगिताको टप स्कोररको निर्धारण गर्नेछ। जारी प्रतियोगितामा सर्बाधिक गोलकर्ताको सूचीमा काठमाडौं रेजर्सका मेसोके ओलोमोउ सर्वाधिक ७ गोलसहित सर्वाधिक गोलकर्ताको सुचीमा शीर्षस्थानमा छन्। उता धनगढीका ओलावाले अफीज ४ गोलसहित उनलाई पछ्याउँदै छन्।

    यद्यपि पछिल्ला केही खेलमा चोटका कारण अफिज आफ्नो कौशल देखाउन सकिरहेका छैनन्। खुट्टाको चोटका कारण उनलाई खेल्न कठिन भइरहेको छ। प्रतियोगिताको विजेताले ३५ लाख र उपविजेताले १५ लाख प्राप्त गर्नेछन्। उत्कृष्ट गोलकिपर, प्रशिक्षक, इमर्जिङ प्लेयरलगायत विभिन्न विधाबाट १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology