पोखरा -नेपाल सुपर लिग पहिलो संस्करणको उपाधी काठमाडौं रेजर्सले हात पारेको छ । शनिवार दशरथ रंगशालामा भएको प्रतियोगिताको फाइनलमा धनगढी एफसीलाई १–० ले हराउदै रेजर्सले उपाधी चुम्न सफल भएको हो ।
रेजर्सको उपाधि हात लाग्नुमा क्यामरुन खेलाडी मेसुके ओलोमोयुले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । काठमाडौं रेजर्सले उपाधिसँगै ३५ लाख रुपैंया प्राप्त गरेको छा ।
प्रतियोगितामा यो दुई टिमबीचको तेस्रो भेट हो र यसक्रममा काठमाडौंले बेहोरेका दुई हारको बदला पनि लिएको छ । प्रतियोगिताको पहिलो उद्घाटन खेलमा काठमाडौंले जितसँगै सुरुआत गरेको थियो र अन्तिम खेलमा उसकै जितसँगै प्रतियोगिता टुंगेको छ । लिग चरणको समाप्तीमा काठमाडौं शीर्ष स्थानमा रहेको थियो ।
लिग चरणमा धनगढीले काठमाडौंलाई ३-० ले हराएको थियो । यस्तै पहिलो प्लेअफमा पनि धनगढीले काठमाडौंलाई २-१ ले पराजित गरेको थियो ।